Connect with us
Kapilvast Forest

आईपीओ निष्कासनको लागि दुइ कम्पनीलेले दिए बोर्डमा निवेदन

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बलेफी हाइड्रोपावरले फागुन २५ गते र ग्रीन भेन्चर्सले फागुन २८ गते बोर्डमा निवेदन दर्ता गराएका हुन । दुवै कम्पनीले आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेका हुन ।

बलेफी हाइड्रोपवारले स्थानिय र सर्वसाधारणका लागि रू. ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रीन भेन्चर्सले रू। ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेका हुन । आईपीओ विक्रीका लागि दुबै कम्पनीहरुले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् ।

बलेफी हाइड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र ग्रीन भेन्चर्स लिमिटेडको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu