Connect with us
Kapilvast Forest

नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सकिँदै

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज सकिँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए ।

पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहार, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको बताएको छ ।

प्रधानमन्त्री एवम्‍अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।भेलामा सहभागी भएका देशभरका नेता-कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu