Connect with us
Kapilvast Forest

होटलमा आगलागी स् पाँच लाख क्षति

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

aago

 

कञ्चनपुर-भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएका होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताउनु भयो ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu