Connect with us
Kapilvast Forest

प्रतिबन्ध खुकुलो पार्दै कुवेत, नेपालसहित ८ देशका नागरिकले प्रवेश गर्न पाउने

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं- कुवेतले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । प्रतिबन्ध खुकुलो पारेसँगै नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने भएका छन् ।

आगामी मार्च २५ तारिखदेखि सशर्त नेपालसहित बहराइन, युएई, टर्की, भारत, फिलिपिन्स, बङ्गलादेश, र श्रीलंका लगायतका विदेशी नागरिकले कुवेत प्रवेशको अनुमति पाउने भएको अरबटाइमस् ले जनाएको छ ।

कुवेत प्रवेश गर्नु अघि कोरोना पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने, रिपोर्ट आएको ७२ घण्टा भित्र कुवेत प्रवेश गरिसक्नुपर्ने लगायत रिपोर्ट नेगेटिभ भएका नागरिकको हकमा रूघाखोकी, ज्वरोजस्ता लक्षणहरू नदेखिएको हुनुपर्ने शर्तहरु रहेका छन् ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित एयरलाइन्सहरुले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रमाणपत्र प्रमाणित गर्नका लागि सर्कुलर जारी गरिसकेको नागरिक उड्डयनका उपाध्यक्ष इन्जी सालेह अल फदागीले बताएका छन् ।

कोरोना संक्रमण बढेपछि कुवेतमा गतमार्च ७ तारिखदेखि एक महिना सम्मको लागि बेलुका ५ देखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu