Connect with us
Kapilvast Forest

४० वर्षपछि भारतीय कारागारबाट नेपाली नागरिक रिहा

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

file photo

एजेन्सी – विगत चालीस वर्षदेखि भारतीय जेलमा रहजु भएका दीपक जैसी तिम्सिना रिहा हुनभएको छ । कर्तव्य ज्यान मुद्दामा भारत कोलकाताको दमदम कारागारमा
रहनु भएको थियो । उहाँलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको हो।

दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका दीपक घर फर्केका थिएनन्। दीपकलाई सोही कारागारमा उहाँका परिवारका सदस्यले केही दिन अघि भेटेका थिए।उहाँका भाइ प्रकाशचन्द्रले फागुन १० गते उनलाई कारागार पुगेर भेट्दा ुसुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तोु अवस्थामा आफ्नो दाजु देखेको बताउनु भयो । उहाँको मानसिक अवस्था पनि त्यति राम्रो नभएको आफूले पाएको प्रकाशचन्द्रले बताउनु भयो।

विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताउनु भयो।
बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उहाँको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बताउँनु भयो ।

उहाँले भन्नु भयो, ‘बिहान आउने सोमवारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो। तर दार्जीलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले रिहा गर्न आदेश दिएको हो।’
आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने सर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ।
महावाणिज्य दूतका निजी सचिव सतीस थापाका अनुसार दीपकलाई जिम्मा लिनका लागि उहाँका काकाका छोरा भाइ प्रकाशचन्द्रलाई खबर गरिसकिएको छ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu