Connect with us
Kapilvast Forest

शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

nepse high

काठमाडौं – हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२ दशमलव ९५ अङ्कले बढेर २४ सय ७५ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

बिहीवार बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बिहीवार दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहीवार युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu