Connect with us
Kapilvast Forest

रनिङशिल्डमा उत्कृष्ट भएका विद्यार्थीलाई शिव माध्यमिकले गर्यो सम्मान

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु ,शिवकुमार बेल्बासे-विजयनगर गाउँपालिका ५डालपुरमा रहेको शिव माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई एक कार्यक्रमकाबीचमा सम्मान गरिएको छ।गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डमा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै खेल संयोजक शिक्षिका शिवकुमारी वि क ले पढाइका अतिरिक्त क्रियाकलाप पनि आवश्यक हुने भएकोले सानो कक्षाबाट नै सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रधानाध्यापक बालजी यादवले खेलमा सहभागी विद्यार्थीलाई बधाई तथा खेलमा सहजीकरण गर्नुहुने सम्पूर्ण शिक्षकलाई धन्यवाद दिदै खेलमा हार जित स्वाभाविक भएकोले खेलमा सहभागीता जनाउनु ठूलो कुरा रहेको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अतिरिक्त क्रियाकलाप पनि महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यालयले १ स्वर्ण ,२ रजत र ६ काश्य पदक प्राप्त गरेकोे थियो । प्रधानाध्यापक बालजी यादवको अध्यक्षता रहेको कार्यक्रम शिक्षक बालजी कलवारको सञ्चालनमा सम्पन्न भएको थियोे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu