Connect with us
Kapilvast Forest

ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने हैसियत छैन: गगन थापा

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

पोखरा – नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताउनु भएको छ । उहाँले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उहाँलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताउनु भयो ।

नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको उद्घाटन गर्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेकपाका नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाएर जात्रा देखाएको बताउनु भयो ।

थापाले जनता समाजवादी पार्टीलाई सरकार निर्माणका सवालमा छिटो निर्णय गर्न आग्रह गर्नु भयो । ‘कसलाई समर्थन गर्ने हो वा आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुहोस्’, उहाँले भन्नुभयो ‘जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ, मुलुकमा अस्थिरता तर्फ जान्छ ।’

उहाँले काँग्रेसले सरकारको नेतृत्व गरेर जनतालाई सुशासन दिन र संविधानलाई लिकमा ल्याएर चुनावमा जानुपर्ने बताउनु भयो । उहाँले काँग्रेसका लागि एउटा महान अवसर आएको बताउँदै यो अवसरलाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । ‘यस्तो अवस्था निम्त्याउँदा पनि दलहरुले प्रधानमन्त्रीमा केपी ओलीलाई सत्तामा बस्न दिनु भनेको देश र जनता प्रति धोका दिनु हो’ उहाँले भन्नु भयो  । ‘ओलीले स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव गराउने कुरामा कुनै विश्वास नभएकाले तुरुन्त उहाँलाई हटाउनुको विकल्प छैन ।’

उहाँले अदालतले नेकपा पार्टीनै अरुको भएको फैसला गरेपछि कास्की २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विद्या भट्टराईको सांसद पद स्वत रद्ध भएको जिकिर गर्नु भयो । विद्या भट्टराई नेकपाबाट निर्वाचित भएकाले नेकपा विघटन भएसँगै उहाँको सांसद पद पनि गुमेको उहाँको भनाई थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu