Connect with us
Kapilvast Forest

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमा प्रथम, देशभरबाट तेस्रो

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

 

सन्धिखर्क – अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै प्रथम र देशभरबाट तेस्रो स्थानमा पर्न सफल भएको छ। प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एम।एस।एस) मुल्यांकन तथा समीक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत अंकसहित लुम्बिनी प्रदेशमै प्रथम स्थान र देशमै तेस्रो स्थानमा परेको हो ।

कुल ९ सय ३९ पुर्णाकं रहेको मुल्यांकनमा विभिन्न विषयमा गरी ७५ प्रतिशत अंकसहित अर्घाखाँची अस्पताल प्रथम भएको हो। यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।

डाक्टर गौतमले आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा व्यक्त गरे। जिल्ला अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एमएसएस) मुल्यांकन तथा समीक्षा कार्यक्रममा मुल्यांकनको नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराइएको हो।

अस्पतालमा २४ घण्टे ल्याब र एक्सरे सेवा सुरु भएको छ। अस्पताल स्थापना भएको ३१ वर्षपछि चौबिसै घण्टा ल्याब र एक्सरे सेवा सुरु भएको हो। जिल्लावासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले जिल्ला अस्पतालमै स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले चौबिसै घन्टे ल्याब, एक्सरे सेवा, फिजियोथेरापी, दन्त सेवा , लगायतका सेवाहरु शुरु गरिएको अस्पतालका प्रमुख कपिल गौतमले बताउनुभयो ।

यससँगै बिरामीहरुलाई रातीको समयमा महंगो शुल्क तिरेर बाहिरी निजी मेडिकल धाउनुपर्ने बाध्यता हटेको छ। ब्लड बैंकको अभावले सामान्य अप्रेशन समेत नहुने जिल्ला अस्पताल अर्घाखाँचीमा गर्भवती महिलाहरुको सफल अप्रेशन भएको छ। अप्रेशन गर्न शुरु भएपछि अर्घाखाँची सहित गुल्मी र प्युठान जिल्लाका स्थानीय खुशी भएका छन्।
कार्यक्रममा अस्पतालको चौतर्फी विकासमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सकसहित स्टाप नर्सलगायत विभिन्न युनिटमा कार्यरत १५ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरीएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu