Connect with us
Kapilvast Forest

कतारमा श्रमिकका लागि नयाँ न्यूनतम तलब लागू

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

काठमाडौँ — कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई शनिबारदेखि कार्यान्वयनमा ल्याएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारीका लागि ६ महिना अगाडि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल ९झण्डै ३० हजार रुपैयाँ० तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरेको छ ।

कतार सरकारको मन्त्रीस्तरीय बैठकले जारी गरेको २०२० को कानुन नम्बर १७ अनुसार अदक्ष श्रमिकको न्यूनतम तलब, खाना र आवासबापत पाउने सुविधा निर्धारण गरेको हो । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिएमा श्रमिकलाई अनिवार्य एक हजार रियाल तलब मात्रै दिए पुग्छ ।

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ । ‘अदक्ष श्रमिकका लागि यो खुसीको कुरा हो । कतार सरकार आफैले निर्धारण गरेपछि श्रमिकहरुले तलब पाउने विषयको ग्यारेन्टी गरेको छ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने,‘सबै रोजगारदाताबाट कार्यान्वयन हुनेमा हामी आश्वस्त छौं ।’

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगाराता मुलुक बनेको छ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन् । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफूले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्षदेखि भने ७५० रियाल भन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

मन्त्रालयले कतारमा काम गर्ने सबै देशका नागरिकको लागि बिनाभेदभाव नगरी समान तलब तोकेको जनाएको छ । यसले श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई थप बलियो बनाई मर्यादित श्रम बजार बनाएको मन्त्रालयको दाबी छ । यसलाई कडाइका साथ कार्यान्वयन गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणालीलाई थप प्रभावकारी बनाइएको मन्त्रालयको भनाइ छ । कतारले ५ वर्ष अगाडिदेखि नै श्रमिकलाई प्रत्येक महिनाको पहिलो साताभित्र बैंकबाट अनिवार्य तलब दिनुपर्ने प्रणाली व्यवस्था गरेको थियो । त्यसभन्दा अगाडि कामदारको बैंक खाता हुने गरेको थिएन ।

तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र बनाएको छ । कामदारहरूले सिधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा उजुुरी दर्ता गराउन सक्नेछन् । यसका अतिरिक्त, आफ्नो मोबाइल फोनमा ‘अमेर्नी’ नामक एप्स राखेर त्यसका माध्यमले नेपालीलगायत ३३ भाषामा उजुरी दिन पनि सकिने व्यवस्था पनि मिलाएको छ ।

अन्तराष्ट्रिय श्रम संगठन ९आईएलओ०ले कतारले ऐतिहासिक हिसाबले श्रम कानुनलाई शृंखलाबद्ध रुपमा सुधार गर्दै लगेको भन्दै यसको स्वागत गरेको छ । ‘नयाँ कानुनबाट कतारमा काम गर्नेमध्ये २० प्रतिशत कामदारलाई सिधै राहत पुगेको छ । यो तलब वृद्धिले कामदार र उनीहरुको परिवारको जीवन सुधारमा सहयोग पुग्नेछ,’ आईएलओ कतार कार्यालयका म्याक्स टुनोनले भ न्नु भयो ,‘कतारले यसलाई सुनिश्चित गर्नका लागि तलब नदिने कम्पनीमाथि कारबाही र दण्ड जरिवाना समेतको प्रावधान ल्याएको छ ।’

कतारमा कार्यरत नेपालीको ठूलो हिस्सा भने अझै अदक्ष श्रमिककै हैसियतमा काम गर्ने गरेका छन् । सीपयुक्त काम गरे पनि तलब भने अदक्ष श्रमिककै हैसियतमा दिइरहेको कामदारहरु बताउँछन् । ‘हामी अहिलेसम्म ओभरटाइमले नै बाँचिरहेको हो । तलब ७५० रियाल थियो । अब एक हजार रियाल हुँदा हाम्रो ओभरटाइम पनि बढ्ने गर्छ,’ ७ वर्षदेखि त्रिसिस कम्पनीमा कार्यरत मीनराज सिवाकोटीले भने,‘यो सुधारले पक्कै हामीलाई फाइदा पुग्नेछ । अब कामअनुसारको तलब निर्धारण गर्नुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu