Connect with us
Kapilvast Forest

अरु दलसँग मिलेर भएपनि प्रधानमन्त्री ओलीको विकल्प खोजौं : पौडेल

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनु भएको छ ।
अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै उहाँले भन्नु भयो , ‘यो पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्छ ।’

ट्रेड युनियन कांग्रेसले शनिबार आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा पौडेलले प्रधानमन्त्री ओलीले उत्पात गरेकाले कांग्रेसले विकल्प दिनुपर्ने बताउनु भयो । ‘आफू अगाडि बढेर हुन्छ कि संसदमा रहेका पार्टीहरुसँग मिलेररमिलाएर हुन्छ, ओलीको नयाँ विकल्प कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ उहाँले भन्नु भयो ।’

कांग्रेसकै कतिपय नेता चुनावको पक्षमा बोल्ने गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भयो । अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति नदिएको भन्दै उहाँले अघि भन्नु भयो ‘त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिँड्ने कहाँ फस्दै गयौं हामी रु कसले फसाउन खोज्यो रु’

कांग्रेसले अहिले चुनाव नभई संसदलाई कसरी उपयोग गर्ने भनेर काम गर्नुपर्ने र संविधान बचाउन लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu