हुलाकी सडक निर्माण गर्न प्रजिअ पाण्डेयको कडा निर्देशन
कपिलवस्तु-
बिद्युतको पोल र खानेपानी पाईप नहटेको कारण देखाउदै ४ महिना देखि सदरमुकाम तौलिहवामा निर्माण कार्य अबरुद्ध बनेको हुलाकी सडकको निर्माण कार्य एक हप्ता भित्र सुचारु गर्न प्रजिअ चक्रपाणी पाण्डेले कडा निर्देशन दिएका छन । बाटो निर्माण अवरुद्ध हुदा तौलिहवाका ब्यापारी, सो बाटामो हिडने यात्रुहरु मर्कामा परे पछि प्रजिअ पाण्डेयले हुलाकी आयोजना प्रमुख राम कुवार देव र ठेकेदार कम्पनी शर्मा एन्ड शर्मा कन्ट्रक्सनलाई प्रशासन कार्यालय बोलाएर सो निर्देशन दिएका हुन ।
‘ ४ महिना देखि काम अबरुद्ध हुदा ब्यापारी र यात्रुहरु मर्कामा परेका छन, त्यसैले आयोजना प्रमुख र ठेकेदार कम्पनीलाई बोलाएर तत्कालै काम सूचारु गर्न निर्देशन दिएको हु ’ उनले भने । प्रजिअ पाण्डेका अनुसार ठेकेदार कम्पनीले बाटो क्षेत्रमा रहेको बिद्युतको पोल र खानेपानी पाईप नहटाईदा काममा ढिलाइए भएको जानकारी गराएको बताए । बाटोमा रहेको बिद्युतकमो पोलहरु लगभग हटाई सकिएको र खानेपानी पाईप पनि सार्ने प्रकृयामा रहेको छ । एक हप्ता भित्र केन्द्रबाट प्राबिधि टोली आए पछि काम सुचारु हुने ठेकेदार कम्पनीले आफु्संग प्रतिबद्धता जनाएको उनले बताए ।
आफुले ठकेदार कम्पनीलाई एक हप्ता भित्र काम जसरी पनि सूचारु गर्न निर्देशन दिएको उनले बताए । ‘ तराईको लाईफलाईन र राष्ट्रिय गौरवको आयोजना हुलाकी मार्ग तोकिएकै समयमा संपन्न हनु पर्छ ’ उनले भने । उता रोकिएकोे हु्लाकी निर्माण कार्यलाई तत्कालै सूचारु गर्न तौहिलवा उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिएको छ । संघका अध्यक्ष गयादीन कुर्मीको नेतृत्वमा गएको संघको टोलीले तौलिहवा बजारमा रोकिएको हुलाकी मार्ग तत्कालै सूचारु गर्न प्रजिअ चक्रपाणी पाण्डेयलाई ज्ञापन पत्र दिएको हो । जमुहारको नहर देखि बहादुरगंजको चोक सम्मको काम रोकिदा ब्यापारी, यात्रुहरु समस्याा परेको संघका अध्यक्ष कुर्मीले बताए ।
खाल्टाखुल्टीले गर्दा) पार्किङमा र हिडडुल गर्न तथा धुलोले गर्दा झन समस्या भएकाले रोकिएको बाटोको निर्माण कार्य तत्कालै सूरु गरिन पर्ने उनले बताए । साथै धुलोको ब्यवस्थापनकालागि बाटेमा नियमित पानी छर्कनु पर्ने उनले बताए । प्रजिअ पाण्डेले बाटो निर्माण तत्कालै सूचारु गर्न र बाटोमा नियमित पानी छर्कन ठेकेदार कम्पनीर्ला निर्देशन दिएको बताए । जमुहारको नहर देखि नयाटोल हुर्दै छोटकी तौलिहवा स्थित मस्जिद सम्मको २३ सय ५० मिटरको निर्माण कार्यमा बिद्यतुको पोल र खानेपानी पाईले अवरोध सूजना गरेका हो । हुलाकी आयोजनकाका ईन्जीनीयर बिरेन्द्र गुप्ताले एह हप्ता भित्र रोकिएको काम फेरी सूरु हुने बताए ।
सडक निर्माण स्थलमा सुचना बार्ड नहुदा दुर्घटनाको जोखिम बढ्यो
उता हुलाकी सडक निर्माणकाक्रममा सु्चना बार्ड नराखिदा दुर्घटनाको क्रम समेत बढेको छ । सडकको नाली र साना पुल निर्माणकाक्रममा खाल्टो पारिएको क्षेत्रमा सामान्य सुचना बोर्ड समेत नराखिदा दुर्घटनाको जोखिम बढेका हो । स्थानीय अुर्जन चापागाईले ठकेदारले सडक निर्माण गर्दा कहि कतै सुचना बोर्ड समेत नराख्दा दुर्घटनाको जोखिम बढेको बताए । खाल्टोमा मोटरसाईल, सवारी साधन यात्रु पशुचौपाया समेत खस्ने गरेको उनले बताए । उनले सडक निर्माणको सुचना बोर्ड ठाउ ठाउमा राख्नु पर्ने बताए ।