‘झाँक्री लहलहैमा लागेर हिँडेको र उहाँलाई स्पष्टीकरण सोध्न वजज पुग्दैन’ भन्दै नाम हटाउन ओली तयार हुनुभएको थियो ।बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।
चार नेताहरूलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको थियो ।साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको हो ।