Connect with us
Kapilvast Forest

मनाङमा ट्रक दुर्घटना : पाँच जनाको मृत्यु, तीन घाइते

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- मनाङमा शनिबार ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्।नासो गाउँपालिकामाको खोत्रोपाखा भन्ने स्थानमा दिउँसो करिव पौने ४ बजेतिर भएको दुर्घटनामा तीनजनाको घट्नास्थलमै र दुईको अस्पतालमा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक शुवास खड्काका अनुसार लम्जुङको सदरमुकाम बेँसिशहरबाट ट्रक सिमेन्ट दबोकेर मनाङ जाँदै थियो।

दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४ र ३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको घट्नास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए।

खड्काका अनुसार ट्रकका सहचालक लम्जुङ मर्स्याङदी–५ का २१ वर्षीय लक्ष्मी नेपाली र मनाङ चामे–४ का २७ वर्षीय राजु विकको लम्जुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ट्रकका चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तमाङ र अन्य दुई बालिका घाइते छन्। चालक तमाङको लम्जुङमै उपचार भइरहेको र गम्भीर घाइते दुवै बालिकालाई थप उपचारका लागि भक्तपुर रेफर गरिएको प्रहरीले जनाएको छ।उकालो बाटोमा मालवहाक ट्रक ब्रेकफेल भएर पछाडितर्फ करिब डेढसय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu