Connect with us
Kapilvast Forest

मनाङमा ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं- मनाङको नासोँ गाउंँपालिमा हिजो भएको ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।ध १ ख ५९२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा घटनास्थलमै ३ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।

मनाङका नासों गाउँपालिकाकी ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोनको घटनास्थलमै र ३ वर्षिय थियोन गुरूङ, २८ वर्षिय राजु विक र लमजुङका २१ वर्षिय लक्ष्मण नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते दुई जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रक हिजो दिउसो ३ बजे दुर्घटना भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu