व्यवसाय नचल्दा लुम्बिनीका व्यवसायी चिन्तित
गुलाम अली,कपिलबस्तु-कोरोना महामारीको त्रास र भय कम भएपनि नेपालको प्रमुख पर्यटकीय स्थल बुद्ध जन्स्थल लुम्बिनीमा विस्तारै चहलपहल बढे पनि व्यापार फस्टाएको छैन् । स्वदेशी पर्यटक दिनानुदिन बढदै गएपनि भारत र तेस्रो मुलुकका पर्यटक नआउदा व्यापार र होटल व्यवासाय मारमा परेका छ् । उनीहरुलाई दैनिक खर्च धान्न गाहैं भईरहेको छ । होल व्यवासयलाई बैंकको व्याज तिर्न धौ धौ भईरहेको छ ।
नेपालमा सबैन्दा बढी पर्यटकहरु आउने लुम्बिनी क्षेत्र भित्र बहृय पर्यटकहरु नहाँउदा त्यहाँ व्यापार व्यवसाय गर्ने ब्यापारी र पर्यटन उद्यमीलाई समस्या भएको छ । ब्यापार नहुदा उनीहरुलाई घर गर्जो र व्यवसाय गर्ने घर वाहाल तिर्न समस्या भएको ब्यापारीहरुको गुनासो छ । माला, बुद्धको मुर्ति र प्रसाद बचेर आफनो जिवनयापन गदै आएको उनीहरुलाई चुलोचौको र जीवनयापन गर्न निक्कै समस्या भएको दुखेसो गरेका छन् । लुम्बिनी क्षेत्रभित्र करिब ४० वटा पसलहरु र ८० वटा होटल धरपा धारपमा परेको छन् ।
कोरोना महामरीको ९ महिना बितीसक्दा पनि अन्तिर पर्यटकहरु लुम्बिनी क्षेत्र भित्र केही बढेपनि बहर्य पर्यटकहरु अहिले पनि अवगमन नभएको कारणले ब्यापार धारपमा परको ब्यवसायीहरु बताउँन् ।
लुम्बिनी पर्यटन ब्यवसायी संघ सचीव पिन्टु बनिया सरकारले बाहर्य पर्यटकहरुलाई स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाल भित्राउन योजना बनाउनु पर्ने बताउँछन् । विदेशी पर्यटक नेपाल आउने वातावरण भए लुम्बिनी आफै आउने उहाँले बताउनुभयो । कोभिडका बेला राहत दिनु पर्नेमा लुम्बिनी विकास कोषले बैशाख १ गतदेखि मायादेवी मन्दिर प्रवेश शुल्ब बृद्धी गरेर नराम्रो गरेको बताउनुभयो ।