Connect with us
Kapilvast Forest

बाँके पूर्णखोप जिल्ला घोषणा

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

बाँके-बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गर्नु भएको हो । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गर्नु भएको थियो ।

बाँके जिल्ला पूर्णखोप सुनिश्चितता भएको प्रमाणित गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्ला समन्वय समितिलाई प्रमाणपत्र प्रदान गरेको थियो । बाँकेमा रहेका एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका बालबालिकाले पाएकोले बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रमाणपत्र प्रदान गर्दै बधाई समेत ज्ञापन गर्नु भयो ।

कार्यक्रममा ८ वटै पालिकाका प्रमुख, यूनिसेफका प्रतिनिधि, स्वास्थ्य कार्यालयका खोप अधिकृत, स्वास्थ्य चौकीका प्रमुख, स्वयंसेविकाहरूको सहाभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu