Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ।आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

बैठकमा १४ औं महाधिवेशन तथा समसायिक राजनीतिक अवस्थाबारे छलफल हुने उहाँले बताउनु भयो ।प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा कांग्रेसमा छलफल भइरहेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ओलीको विकल्प खोज्न अग्रसरता नदेखाएको भन्दै सभापति देउवाप्रति असन्तुष्टि जनाइरहेको छ।तर, देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले समेत प्रष्ट निर्णय गरिनसकेकाले ओलीको विकल्प खोज्ने परिस्थिति परिपक्व बनिनसकेको बताउँदै आएका छन्।

आजको बैठकमा यस विषयमा समेत छलफल हुने बताइएको छ।पदाधिकारी बैठकअघि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि टिकट वितरण गर्ने विषयमा छलफल हुनेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu