Connect with us
Kapilvast Forest

स्थानिय र वडा कार्यलयको छलफल पछि शितगंगा वडा नम्बर ५ को बिबाद समाधान

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

अर्घाखाँची-वडा नम्बर ५ मा विरोध मा उत्रेका स्थानियहरु र वडा कार्यलय बिच छलफल भएको छ । स्थानियहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा वडाले नियत बस आफ्ना फारम नगरपालिकामा सिफारिस नगरेको भन्दै केही स्थानियहरु बिरोधमा उत्रिए पछि बिवाद सुरु भएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा ३ वटा सडक योजनामा ४७ जना सहभागी हुने छन जसमा केहि फारमहरु वडाले सिफारिस नगरेको भन्दै स्थानिय यम बहादुर उचाइ , मीन बहादुर परियार लगायत ५० भन्दा बढि स्थानियले बिरोध गर्दै वडामा ताला बन्दी समेत गरेको थिए बिबाद समाधान गर्ने प्रतिवद्धता पछि प्रशासनको रोहबरमा ताला खोलिएको थियो ।

वडा अध्यक्ष कमल पौडेल सँग बिबाद परे पछि आन्दोलित बनेका स्थानियहरु सँग नेकपा एमालेका इञ्चार्ज ओपि पाण्डेको अग्रसरतामा ,काशी आचार्य, किरण अधिकारी वडा अध्यक्ष कमल पौडेल तथा आन्दोलित बनेका स्थानिय बिच भएको छलफलमा नगरमा सिफारिस गरेका हरु मध्येबाट रोजगारमा सहभागी हुने मापदण्ड पुगेका हरुलाइ रोजगारमा लगाउने तथा फारम छुटेका हरुलाइ अर्को बर्ष प्राथमिकतामा राख्ने गरि छलफल निष्कर्षमा पुगेको ओपि पाण्डेले जानकारी दिनुभयो ।

आक्रोषित वडाबासीहरुलाइ गरिएका प्रर्तिवद्धता पूरा गर्न आफुहरु लागि पर्ने आश्वस्त पारे पछि स्थानिहरु सहमतिमा आएको पाण्डेले बताउनु भयो । बिबाद समाधान नभए पछि स्थानिय हरुले नेकपा एमालेमा लिखिद रुपमा समाधानका लागि निवेदन दिए पछि छलफलमा पुगेको इञ्चार्ज पाण्डेले बताउनु भयो । यस्तै वडा अध्यक्ष कमल पौडेलले दोहोरो सुबिधामा परेकाहरुको नाम काट्दा बिरोध गरिएकोले पनि दोहोरो सुबिधा हुने गरि काम गर्न नसकिने बताउनु भयो । साथै फारमहरु आफु सम्म नआएकोले नगरमा पठाउन नसकेको बताउदै फारम छुट्न गएको वडाको तर्फ बात आफ्नो कमजोरी भएको स्विकार गर्दै आगामि दिनमा गम्भीर बन्ने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu