Connect with us
Kapilvast Forest

कोरोना संक्रमितको संख्या बढ्दै,आज थपिए एक सय ८८ नयाँ संक्रमित

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

corona ncn

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार थप एक सय ५० जना नयाँ कोरोना संक्रमित फेला परेका थिए। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७६ हजार दुई सय ४४ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार १२८ जना छन्। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएकाले नेपाल पनि फेरि उच्च जाेखिममा छ। पछिल्लाे समय संक्रमितकाे संख्या बढ्नुले पनि यसलाई पुष्टि गर्दैछ।

मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणले तीन हजार १९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म दुई लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भइसकेका छन्। ४८ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म २२ लाख ४५ हजार ३० जनाको पिसिआर परीक्षण गरिएको छ। पछिल्लो समयमा भने चार हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu