Connect with us
Kapilvast Forest

कपिलवस्तुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गाउँबस्तीमा प्रभावकारी बन्दै गएको हो ।

२०७४ चैत्र महिना देखि बीमा कार्यक्रम लागु भएदेखि हालसम्म कपिलवस्तुमा ८ हजार २ सय ४ घरधुरीका ७० हजार बढि नागरिकको स्वास्थ्य बीमा भएको छ । स्वास्थ्य बीमा प्रत नागरिकको बढ्दो आकर्षणलाई कायम राख्न स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने कपिलवस्तु स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी सुजाता महर्जनको भनाई छ ।

सुरु सुरुमा बीमाको बारेमा जानकारी नहुँदा बीमा गराउन नमान्नेहरुको सङ्ख्या धेरै हुन्थ्यो । बीमा बारे बुझ्दै जाँदा यस प्रतिको आकर्षण बढेको बीमा दर्ता सहयोगी संगिता भुसाल बताउनुहुन्छ ।

स्वास्थ्य बीमा गरेपछि उपचार खर्च घटेको नागरिकहरु बताउँछन् । बीमाले उपचारलाई सरल र सहज बनाएको एकजना बिमित नारद कोहारको भनाई छ । स्वास्थ्य बीमा प्रति नागरिकको आकर्षण बढाउन स्थानीय स्वास्थ्य स्वयमसेवीकासँगै जनप्रतिनिधीले पनि चासो राख्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu