Connect with us
Kapilvast Forest

एमाले–जसपा बैठक सकारात्मक, छिट्टै सहमति हुने

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं– सत्ता साझेदारीलगायतका विषयमा सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच मंगलबार बिहान पनि वार्ता भएको छ ।

दुवै पार्टीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । बैठकमा सहभागी एमाले कार्यदलका सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बैठक सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । ‘बैठक सकारात्मक रह्यो,’ नेपाल  उहाँले भन्नुभयो, ‘छिट्टै सहमतिमा पुग्ने विश्वास छ ।’

जसपा कार्यदलका सदस्य लक्ष्मणला कर्णले पनि बैठक सकारात्मक भएको बताउनुभयो । ‘सकारात्मक भएरै पटक पटक बैठक बसिरहेको छ, छिट्टै टुंगोमा पुग्नेतिर अगाडि बसेको छ,’ उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले कार्यदलका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, डा। राजन भट्टराई तथा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu