प्रबिधी मैत्री बन्दै महाराजगंज, अनलाइन प्रणालीबाट घटनादर्ता
कपिलबस्तु चैत्र १०
कपिलबस्तुको महाराजगंज नगरपालिका प्रबिधी मैत्री बन्दै अगाडी बढीरहेको छ । महाराजगन्ज नगरपालिकामा अनलाइन मार्फत व्यक्तीगत घटना दर्ताको सुरुवात गरिएको छ । महाराजगं नगरपालिकाको वडा न ४ बाट अनलाईन घटना दर्ता सुरु गरि प्रमाणपत्र हस्तान्तरण गरी अनलाइन दर्ताको सुरुवात गरिएको हो । आज आउने पहिलो सेवा ग्राहीलाई अनलाइन मार्फत सेवा प्रदान गरिएको महाराजगंज नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको निर्देशन अनुसार वडाको वडा सचिव तथा कार्याल्य सहयाकहरुलाई तालिम प्रदान गरि अनलाइन प्रणाली लागु गरिएको महाराजगंज नगरपालिकाको पंजिकरण शाखा प्रमुख बृजेश कुमार चौधरीले जानकारी दिनुभयो । बदलिदो समय परिवेश र सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्तालाई व्यस्थीत गर्दै लगेको शाखा प्रमुख चौधरीले बताउनु भयो ।
जन्मदर्ता, बिवाहदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता तथा सम्बन्ध बिच्छेद दर्तालाई प्रथम चरणमा अनलाइन मार्फत कार्य थालनी गरेको र वडा ७ र ४ मा पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता बैकिंङ प्रणालीबाट बितरण गरिएको र दोश्रो चौमासिक देखी सबै वडामा बैकिङ प्रणाली बाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने बताउनु भयो । वडा नं १,३ र ४ बाट अनलाईन प्रणालीबाट घटनादर्ता शुरु गरिएको र बाकी सबै वडामा २०७७ चैत्र मसान्त भित्र बाकी रहेका ८ वटा वडामा पनि अनलाइन प्रणाली लागु हुने शाखा प्रमुख चौधरीले बताउनु भयो ।
अनलाइन प्रणाली बाट गरिएको घटना दर्ता वडा नं ४ को वडा अध्यक्ष शुसिल कुमार चौधरी तथा वडा सचिव चन्द्रिका धोबीले सेवाग्राहीलाई हस्तान्तरण गर्नु भएको थियो । यो प्रणाली अवलम्बन भएको सेवा ग्राहीहरुलाई सेवा दिन सजिलो हुने बताउनु भयो ।