नेप्से ४१ अंकले बढ्यो
काठमाडौं –नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.३० अंकले बढेको छ। नेप्से परिसूचक आज १.६३ प्रतिशतले बढेर २५७०.२५ को बिन्दुमा पुगेको छ। ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६अंकले बढेर ४५५.९५ को बिन्दुमा पुगेको छ।
आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका ६ कम्पनीको सेयर सर्वाधिक १० प्रतिशतले बढेको छ।यस्तै, रैराङ हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रो लगायत केहि कम्पनीकोे सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ।
नेप्सेमा यस दिन ६ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ।बुधबार लगानीकर्ताको रोजाईमा नेपाल इन्फ्राष्टक्चर बैंक (निफ्रा) पर्यो। सो कम्पनीको सेयर ६५ करोड १५ लाख माथि कारोबार भएको छ। निफ्राको सेयर आज ७.५९ प्रतिशतले बढेर ५८१ रुपैंया कायम भएको छ।