प्रेस युनियन बज्राचार्यको नेतृत्वमा महासंघमा जाने
कपिलवस्तु- नेपाल प्रेस युनियन जिल्ला कार्य समिती कपिलवस्तुले जिल्ला उपाध्यक्ष किरणमान बज्राचार्यको नेतृत्वमा नेपाल पत्रकार महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ ।
युनियन जिल्ला कार्यसमिती कपिलवस्तुको गोरुसिङेमा बसेको बैठकले युनियनका उपाध्यक्ष बज्राचार्यको नेतृत्वमा जाने जिल्ला सभापती गोपाल भण्डारीले जानकारी दिनु भयो । बैठकले अन्य संगठनलाई समेत सहमतीमा आउन आवाहन गर्ने निर्णय गर्दै बैठक सम्पन्न गरेको छ । आगामी चैत्र २५ गते हुन लागेको चुनावमा संगै सहकार्य गर्ने गरी अन्य सं संगठनलाई अहवान गरिएको छ ।
महासंघ कपिलवस्तुको निर्वाचनबाट महासंघको साझा र सर्वसम्मतको लागि सवै कृयाशिल संघ संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताको पहल गर्दै अन्य संगठनलाई पनि यो अभियानमा सहमती जनाउन आव्हान गरिएको प्रेस युनियनका नेता राजु खरालले जानकारी दिनु भयो ।