Connect with us
Kapilvast Forest

ललितानिवासमा निर्माण भएका घरटहरा हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – बालुवाटारस्थित बहुचर्चित ललितानिवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाएकी छिन् । मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न उनले निर्देशन दिएकी छिन् ।

मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानुनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेका छन् । मन्त्री तुम्बाहाङफेले ललितानिवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिए ।

बहुचर्चित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu