Connect with us
Kapilvast Forest

भारतले कोरोना भ्याक्सिन निर्यात रोक्यो

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

vaction

एजेन्सी -भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ।अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो।

विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो। भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्।

अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ। त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन पठाउने छैन।

भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशमा असर पर्नेछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ।

भारतले अहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन पठाइसकेको छ।भारतमा बुधबार करिब ४७ हजार नयाँ संक्रमित थपिएका थिए भने २७५ जना संक्रमितको ज्यान गएको थियो। सन् २०२१ मा एकै दिनभित्र फेला परेका संक्रमित र भएको मानवीय हताहती अहिलेसम्म नै धेरै हो।

अप्रिल १ तारिखदेखि भारतले ४५ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने निर्णय गरेको छ। त्यसैले अन्य देशमा खोप नपठाएको हुनसक्ने आंकलन गरिएको छ।

भ्याक्सिन बनाउने भारतीय कम्पनी सीरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भने खोप निर्यातमा रोक लगाएकोबारे कुनै आधिकारिक जानकारी दिएको छैन। तर, बेलायत, ब्राजिल, साउदी अरब र मोरक्को पठाउन लागिएको खोप तत्काललाई रोकिदिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu