Connect with us
Kapilvast Forest

अबको तीनदिनभित्र काठमाडौंका धारामा मेलम्चीको पानी

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्।बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्। नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ। कुनै दुर्घटना नहोस्। कुनै पाइप नफुटोस् भनेर हेरि हेरी हामी पानी वितरण गछौँ।’

बहुप्रतीक्षित मेलम्चीको पानी २२ वर्षपछि गत फागुन २२ गते काठमाडौं आइपुगेको थियो। काठमाडौं पुगेको २४ दिनपछि अर्थात् चैत १५ गतेदेखि मेलम्चीको पानी परीक्षणका रूपमा हरेकका धारा–धारामा पुग्दै छ।

काठमाडौंका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणका लागि पाइपलाइन बिछ्याइए पनि त्यसको परीक्षण भएको छैन। मेलम्ची खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी नै छ। तर, यता मेलम्ची उप-आयोजना २ का प्रवक्ता उज्ज्वल प्रजापतिले हालसम्म ८० हजार धाराका पोइन्ट जडान गरिएको र १५ हजार नयाँ मिटर जडान भइसकेको छ बताउँछन्। कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेको थियो। तर अझै ३० हजार धारा जडान गर्ने काम बाँकी रहेको प्रवक्ता पराजुलीले बताए।

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पहिलो चरणका लागि कुल १ हजार १३२ किमि पाइपलाइन बिछ्याउनुपर्नेमा करिब १५ किमि पाइपलाइन बिछ्याउने काम बाँकी रहेको प्रजापतिको भनाइ छ।

काठमाडौं तथा ललितपुरका कतिपय ठाउँमा अहिले पनि पाइप बिछ्याउने काम भइरहेको छ। ६–७ वर्षदेखि पाइप बिछ्याएको तर पानी अभावले पुरेर राखिएका पाइपको अवस्था समेत बुझ्न सकिएको छैन। आयोजनाले भने अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वितरण गरिरहेको पुरानै पाइलाइनबाट वितरण गर्ने र बिस्तारै नयाँ परीक्षण गर्दै जाने तयारी गरेको जनाएको छ।

मेलम्चीको पानी परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएको र २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको हो। सुन्दरीजलमा रहेका दुई वटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ।

गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो। त्यसक्रममा हेलम्बू गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नम्बर १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो।

हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेन्ड पानी सुरुङमा हालिएको छ। त्यसपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले जनाएका छन्।

चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर पानी वितरण हुने र चैत २७ पछि भने दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ प्रवक्ता न्यौपाने बताए।

पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेका थिए। मेलम्ची आयोजनाको सुरु भने २०५८–५९ मा भएको थियो। आयोजना सुरु गर्दा २०६४–६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

राष्ट्रिय गौरवका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित रहेको छ। दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu