नेपालमै रासायनिक मलको कारखाना खोल्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं– मन्त्रिपरिषद्को बैठकले नेपालमै रासायनिक मलको कारखना खोल्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा मलको हाहाकार भएपछि आफैं कारखाना खोल्ने निर्णय भएको मन्त्री पद्यमा अर्यालले जानकारी दिनु भयो ।
त्यस्तै, आजको बैठकले सहसचिव मुकुन्द शर्मा पौडेललाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो।