Connect with us
Kapilvast Forest

प्रतिबन्ध हटाएपछि फेरी पक्राउ परे विप्लवका जिल्ला सदस्य

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार राति सदरमुकामबाट सक्कल भन्ने सागर लिम्बुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार लिम्बु गत वर्ष परेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। अदालतले नै पक्राउ पुर्जी जारी गरिसकेको हुँदा पक्राउ गरेको पोखरेलले बताउनुभयो ।

उनीविरूद्ध विस्फोटक पदार्थको मुद्दामा अदालतबाट पक्राउ पुर्जी आएको थियो। हिजो हामीले पक्राउ गरेर उहाँलाई अदालतमा बुझाएका छौं। अदालतले केही आदेश देला, प्रहरी निरीक्षक पोखरेलले भन्नुभयो।

उनलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको उहाँले बताउनुभयो।गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति भएको थियो। त्यसको तेस्रो बुँदामा विप्लव नेतृत्वको पार्टीलाई लगाइएको प्रतिबन्ध हटाउने र कार्यकर्तालाई रिहा गर्ने तथा सबै मुद्दा खारेज गर्ने सहमति भएको थियो।

सहमतिपछि पनि विप्लवका सबै नेताहरू रिहा भइसकेका छैनन्। प्रतिबन्ध हटाएपछि पक्राउ पर्ने लिम्बु पहिलो नेता हुन्।विप्लव नेतृत्वको पार्टीले भने सहमतिविपरीत पार्टी नेतालाई पक्राउ गर्नुले सरकारको इमानदारितामाथि प्रश्न उठेको बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका मेची(कोशी ब्युरोका इन्चार्ज प्रकाशले लिम्बुलाई तत्काल रिहा गर्न माग गरेका छन्।सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमतिपश्चात सरकारको तर्फबाट पूरा गरिनु पर्ने सहमतिको उल्लंघन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको छ।

एकातर्फ विभिन्न कानुनी जटिलता रहेको र तिनलाई सुल्झाउन समय लागेको हुनाले जेलमा रहेका बन्दीहरूलाई समयमै रिहा गर्न नसकिएको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था सरकार स्वंयमले पैदा गरेको छ,’ उनले भनेका छन्,ुतीन बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको हाम्रो पार्टी आफूले गरेका सहमतिप्रति नेपाल सरकार प्रतिवद्ध बनोस् र इमान्दारितापूर्वक सहमतिको पालना गरोस् भन्न चाहन्छ। साथै हिजो गिरफ्तार कमरेड सक्कललाई तुरुन्त रिहाइको माग गर्दछ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu