Connect with us
Kapilvast Forest

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत्त १४ गते देखि २३ गते सम्म पारा ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।

च्यापिम्यनशीपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।

ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिता आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामा नै सहभागिता जनाउँदै स्तरीयता प्रदर्शन गर्दै आईरहेका खेलाडी हुनुहुन्छ ।

खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्नुभयो ।नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको भन्नुहुँदै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu