Connect with us
Kapilvast Forest

प्रदेश १ मन्त्रिपरिषद् बिस्तार, चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद्मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गर्नुभएको हो ।

विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद्नौं सदस्यीय बनेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर र केही नयाँ विस्तार गर्दै मुख्यमन्त्री राईले ताप्लेजुङ्गका टंक आङ्बुहाङ्ग लिम्बुलाई आर्थिक मामिला तथा योजना मन्त्री, इलामका रामबहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गर्नुभयो ।

यसैगरी मोरङका राजकुमार ओझालाई उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेलाई भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ गराइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराउनुभयो ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पदोन्नति गर्दै मन्त्री नियुक्त गर्नुभएको हो भने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई पनि पदोन्नति गरी सोही मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नुभएका टंक आङ्बुहाङ्गलाई यस अघि माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बोले सम्हाल्नुभएको मन्त्रालयको जिम्मा दिनुभएको छ । यस्तै नेकपा एमालेको माधवकुमार नेपाल समूह परित्या गरी अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्नुभएकी उषाकला राई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

यसैगरी यस अघि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी पछि फिर्ता लिनुभएकी कला घले र माधव नेपाल समूह छोडेर मुख्यमन्त्रीको साथ दिनुभएका राजकुमार ओझालाई उहाँले राज्यमन्त्रीको रुपमा नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । प्रदेशको यातायात व्यवस्था सम्बन्धी एउटा कार्यक्रमिक फाइल सदर गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्ेबुहाङ्गले पदभार ग्रहण गर्नुभयो । मन्त्री टंक आङ्ेबुहाङ्गले प्रदेशको आर्थिक धरातलमा टेकेर बजेट निर्माण गर्ने तथा यस अघि भएका कमिकमजोरी सच्याउदै अघि बढ्ने बताउनुभयो । उहाँले मन्त्रालयहरुबीच समन्वय गरी दातृ निकायहरुसँग सहयोग जुटाउदै सरकारले आफ्ना योजनाहरु अगाडि बढाउने प्रतिकृया दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu