Connect with us
Kapilvast Forest

मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

एजेन्सी -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो ।

प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बीबीसीका अनुसार प्रहरीसँग भएको हिंस्रक झडपका क्रममा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको जनाइएको छ । झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा भने कि अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको छ ।

हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीका अनुसार सो संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ । उहाँले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाउनु भयो । यद्यपि, प्रहरीले गोली चलाए नचलाएको बारेमा भने स्वतन्त्र रुपमा पुष्टि भैसकेको छैन ।

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए । भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुग्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu