Connect with us
Kapilvast Forest

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयास गरिरहेको छुः सभामुख सापकोटा

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

 

कठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ । आज संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताउनुभयो ।

उहाँले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको सभामुख सापकोटाको दाबी छ ।

संसदमा जनअपेक्षा अनुसार काम नभएको पनि उहाँले स्वीकार गर्नुभयो । राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शन गरेको र ठूलाठूला समस्याहरुको समाधान गरेको पनि उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu