Connect with us
Kapilvast Forest

अब तोकिएको भन्दा कम विद्युत् उत्पादन भए पेनाल्टी नलाग्ने

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

bidur

काठमाडौं-अब १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूले पानीको बहाव कम भएर तोकिएको भन्दा कम विद्युत् उत्पादन भएमा पेनाल्टी तिर्न नपर्ने भएको छ । विद्युत् नियमन आयोगको गतहप्ता सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गत चैत ८ गतेसम्म सञ्चालनमा आएका १० मेगावाट साना जलविद्युत्् आयोजनाको हकमा यस्तो निर्णय गरिएको हो । आयोगले हाइड्रोलोजी (पानीको बहाव) का कारणले मात्र आयोजनाहरूको विद्युत् उत्पादन प्रतिबद्धता गरिएभन्दा कम भएमा पेनाल्टी नलाग्ने व्यवस्था गरेको हो । अन्य कारणबाट विद्युत् उत्पादन तोकिएभन्दा कम भएको अवस्थामा भने अपुग विद्युत्को १० प्रतिशत पेनाल्टी तिर्नुपर्ने व्यवस्था निर्णय गरिएको हो ।

यसअघि हाइड्रोलोजीका कारण विद्युत् उत्पादन कम भए पनि आयोजनाहरूले विद्युत् खरीदकर्ता (नेपाल विद्युत् प्राधिकरण) लाई तोकिएको मात्रामा पेनाल्टी तिर्नुपर्ने थियो । तर, अब त्यस्तो पेनाल्टी तिर्न नपर्ने आयोगका सदस्य रामप्रसाद धितालले बताउनु भयो ।

प्राकृतिक समस्या कारण विद्युत् उत्पादन कम हुँदा पनि पेनाल्टी तिर्नुपर्दा आयोजनाहरू रुग्ण हुने अवस्थामा पुगेको समस्यालाई दृष्टिगत गर्दै पुराना आयोजनाहरूलाई अब पेनाल्टी नलाग्ने व्यवस्था गरिएको धितालको भनाइ छ ।

उनीहरूले अबदेखि साप्ताहिक रूपमा पनि आगामी सातामा उत्पादन हुन सक्ने विद्युत्को परिमाण प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । साथै, मासिक रूपमा पनि कति विद्युत् उत्पादन हुन्छ भनेर प्राधिकरणमा विवरण पेश गर्नुपर्नेछ ।आजको आर्थिक अभियान दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu