Connect with us
Kapilvast Forest

झा दम्पती हत्या : बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो

२०७७, १६ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं-मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उहाँ श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै हुनुन्थ्यो ।

उहाँका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा जानु भयो । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे ।

ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए । तर, शव जलेन । त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शब पुरियो । शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ ।

कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा फेला परेको छ । हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई शवलाई जलाउन खोजेको देखिन्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu