Connect with us
Kapilvast Forest

नेपालले बंगलादेशलाई हरायाे , प्रधानमन्त्रीले समेत मैदानमा पुगेर दिए हाैसला

२०७७, १६ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- त्रिदेशीय अन्तरार्ष्ट्रिय फुटबल प्रतियाेगिताकाे उपाधि नेपालले जितेकाे छ ।

दशरथ रंगशालामा भएकाे फाइनल खेलमा बंगलादेशलाई २-१ गाे अन्तरले पराजित गर्दै नेपाललले उपाधि जितेकाे हाे । नेपालले २ गाेल पहिलाे हाफमा गरेकाे थियाे ।

नेपालका लागि खेलकाे १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले समान १-१ गाेल गरे ।
बंगलादेशका सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।

समूह चरणमा बंगलादेश र किर्गिस्तानसँग गाेलरहित बराबरी खेलेकाे नेपाल गाेल नै नगरी फाइनलमा पुगेकाे हाे ।
खेलाडीलाई हाैसला दिन प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुग्नुभएकाे थियाे ।

खेलाडीले गाेल गर्दा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै हाैसला दिनु भएकाे थियाे । प्रधानमन्त्री खेल अवधिभर रंगशालामा बस्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu