Connect with us
Kapilvast Forest

एमालेले प्रदेश सह-इञ्चार्ज थप गर्यो, कहाँ को ? सूचीसहितै

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ । निर्देशनमा हरेक प्रदेशमा सह इञ्चार्ज थप गरिएको छ । जसअनुसार प्रदेश नम्बर १ मा ६ जना थपिएका छन् । त्यहाँ लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्‍क आङ्बोहाङ (लिम्बू) राजेन्द्र गौतमलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश २ मा एकजना मात्रै कानुनमन्त्री लीला श्रेष्ठ सहइञ्चार्ज बन्नुभएको छ । बागमती प्रदेशमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठ सहइन्चार्जबनेका छन् ।

गण्डकीमा किरण गुरुङ, पदमा अर्याल र लिलबहादुर थापामगर र लुम्बिनी प्रदेशमा चार जना सहइन्चार्ज बन्नुभएको छ । त्यहाँ मणि थापा, दलबहादुर राना, वैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने सहइन्चार्ज बन्नुभएको छ ।

कर्णाली प्रदेशमा लक्ष्मी पोखरेल र गुलाबजङ्‍ग शाह सहइन्चार्ज बन्नुभएको छ । सुदूरपश्चिममा गणेश ठगुन्‍ना र नारदमुनी राना सहइन्चार्ज बन्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu