शिवरामा सामाजिक सुरक्षा कोष विषयमा अन्तरक्रिया सम्पन्न
कपिलवस्तु-ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षतामा चन्द्रौटामा सामाजिक सुरक्षा कोषका विषयमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजना तथा कोषमा आवद्धता विषयमा मंगलबार
ब्यापार संघ कपिलवस्तुको हलमा सम्पन्न भएको अन्तर्कृयामा ब्यापारी , संघ सस्थाका प्रतिनिधिहरु सहभागी थिए । अन्तरक्रियामा रोजगारदाता दीगो रहन सक्ने गरी सामाजिक सुरक्षा कोषको अवधारणा अगाडि बढाउन आग्रह गरिएको हो ।
सुरक्षा कोषमा आवद्ध भएमा आफ्नो सक्रिय जीवन पार गरीसकेपछि पेन्शनको रुपमा सामाजिक सुरक्षा पाउनुका साथै स्वास्थ्य उपचार योजना, जीवनमा अकल्पनीय दुर्घटना भए आश्रति परिवारका लागि योजना, लगायतका विषयमा चर्चा चलाइएको थियो ।
कार्यक्रममा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले सरकारले सम्बन्धित क्षेत्रहरुसँग गम्भिर छलफल विना नै एकतर्फी ढंगबाट लागु गरेको सामाजिक सुरक्षा योजनाले उद्योगीहरु संसकित र चिन्तित बनेको र उद्योगीहरु यस विषयमा जानकार समेत नभईसकेकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो ।यस्ता अन्तरकृया फाइदाजनक रहेकाले आयामी दिनमा बृहत अभियानकै रुपमा अघि बढाएर लैजानुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीलेकोष स्थापना, संचालन कार्यविधि र गतिविधिहरु सम्बन्धमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी उद्योगीहरुले सबै उद्योगहरुलाई एउटै दाँजोमा राखेर सामाजिक सुरक्षा योजना अनिवार्य गरिनुले घरेलु तथा साना उद्योगहरु अप्ठेरोमा परेको बताउनु भएको थियो ।
तोयानाथ गैरेले शुरुवातमा आफ्नो संस्थाका सबै कर्मचारी लाई कोषमा आवद्ध गराउदा प्याब्सन, एन प्याब्सन लगायतका संस्था बाट त्यसो नगर्न दवाब आएपनि कोभिडका कारण लकडाउनका समय आफ्नो संस्थाले कोष बाट लाभ पाएपछि अन्य स्कुलहरु पनि कोषमा आवद्ध हुनुपर्छ रहेछ भन्नेमा सहमत देखिएको बताउनुभयो ।
कोषमा निजी संस्थाहरुमा कामगर्ने मजदुर हरु सहभागी भइ आफ्नो सक्रिय रुपले काम गर्ने उमेर अवस्था नहुदा पेन्शनको रुपमा सेवा पाउने छन् ।कार्यक्रम ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यापार संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष जगतप्रसाद पौडेलको स्वागत, सामाजिक सुरक्षा कोषका आन्तरिक लेखा परिक्षक प्रमुख चिरञ्जीवी न्यौपानेको प्रस्तुतीकरण रहेको कार्यक्रमको सञ्चालन ब्यापार संघ कपिलवस्तुका महासचिव गोपाल बन्जाडेले गर्नु भएको थियो ।
