आज प्रतिनिधि सभा बैठक बस्ने
काठमाडौं – आज (बुधबार) प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस गरिनेछ ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
बैठकमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत पनि गरिनेछ । बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।