Connect with us
Kapilvast Forest

परिवारको यातनाको सिकार बनेकी सहिवुन मृत फेला, हत्या गरेको आरोप

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

 वसन्त बन्जाडे, कपिलवस्तु-

मायादेवी– पति र परिवारको निरन्तर यातना पाएकी सहिवुन निशा मृतक फेला परेकी छिन् । मायादेवी गाउँपालिकामा वार्ड १ की बरहीको २४ बर्षिय निशा आफ्नै घरको भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

शुक्रबार करिव राति १२ बजेतिर निशा सुत्ने पंख झुण्डिएको अवस्थामा निशाको मृत लास फेला परेको हो । मृतक निशाका देवर इसाद अहमद बिहान १० बजेतिर आफु खेतबाट आउदा भाउजुले रुदै धनिया केलाउदै गरेको देखेको बताए ।

त्यस पछि आफु स्कुल तर्फ गएर फर्केर आउदा चप्पल र जुत्ता लगायता सामाग्रीहरु यताउति फालिएको अवस्थामा देखिएको बताउनुभयो । त्यस पछि के भयो मलाई थाहा भएन तर दिन भरी भाउजु देखिनु भएन राति प्रहरी आए पछि मात्र आफुलाई भाउजुको मृत्यु भएको थाहा भएको उहाँले बताउनुभयो । बिगत देखिनै आफ्न दाजु, बुवा र आमाले भाउजुलाई कुटपिट गर्ने गरेको इसादले जानकारी दिनुभयो ।

मृतक निशाका दाई उब्बैद उल्ला।ले भने बिबाहको केही समय पछि श्रीमान ईसरार भनिने हुसेन खाँन, सासु अतिकुन निशा र ससुरा अब्दुल सलाम दाईजो लगायतको बाहानामा कुटपीट गर्दै आएको बताएका छन् ।

उनिहरुले निघार्त रुपमा कुटपीट गर्ने गर्दथे, एक पटक निर्घात कुटपीट पिट पश्चात नीशाको पेटमा रहेको बच्चाको खुट्टा समेत भाच्चिएर गर्भ तुहिएको थियो । त्यस विषयमा ईलाका प्रहरी कार्यालय पकडीमा मौखिक उजुरी गरेको तर बहिनेले घर बिग्रने डरमा लिखित जाहेरी दिन नमानेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो बहिनीले घर बिग्रने डरमा यति ठूलो यातना सहेर बसी तर आज उसकै हत्या भयो ।

उनले रुदै संचारकर्मीहरुसंग कुरा गर्दै भने ‘पछिल्लो क्रममा निरन्तर यातना दिदै आए पछि ज्याईसंग बहिनी राख्ने वा नराख्ने भन्ने विषयमा कुरा गर्ने योजना बनाएको थिए तर तिनीहरु बहिनीलाई निर्मम यातना दिएर मारे ।’

उक्त दिन पनि घरमा केही विवाद भएको छ भन्ने जानकारी आए पछि दिनको १२ बजे पछि दिनमा पटक पटक ज्वाईलाई फोन गरेको तर ज्वाईको फोन रिसिभ नभएको तर राति १२ मात्र बहिनीले ढोका खोलिने भनेर जानकारी गराएकोले घर परिवारले बहिनिको हत्या गरेरे कोठामा झुण्डाएको उहाँले आरोप लगाउनुभयो । ज्वाईले उक्त दिन समेत आफुले निशालाई दुई चार झापड हानेको स्वीकार गरेको बताउदै भने बिगतमा त्यत्रो यातना दिन आत्म हत्या नगरेकी बहिनीले कसरी अहिले आत्म हत्या गरी आफुले स्वीकार गर्न नसक्ने उनले बताए ।

स्थानीय छिमेकी मोम्मद रफिसले निशाको मृत्यु हुने दिन बिहान ९ बजे देखी घरमा झगडा निशाका श्रीमानले निर्घात कुटपीट गरेको निशा रुदै गरेको देखिएको बताए । उनले भने उक्त घरमा निशालाई दैनिक यस प्रकारको यातना भईरहने गरेको थियो । सो दिन ज्यानै गयो । उहाँले भन्नुभयो उनको मृत्यु हुनुमा घर परिवारको हातले छ । त्यस्तो परिवारलाई कडा भन्दा कडा कानुनी कारवाही हुनु पर्छ ।

ईलाका प्रहरी कार्यालय पकडी प्रहरी निरिक्षक कृष्ण खत्रीले घटनाको अनुसंधान भईरहेको हाल निशाका श्रीमान् र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान गरिरहेको र सासु भने फरार रहेको बताउनुभयो । हत्या र आत्म हत्याको सम्बन्धमा पोष्टमार्टम रिर्पोट आए पछि पुष्टि हुने बताउनुभयो ।

हत्या वा आत्म हत्या प्रहरीले अनुसंधान गरिरहेको तर घटनाको प्रकृति, स्थलगत अनुगमन र स्थानियको भनाई अनुसार महिलाको ज्यान जानुमा घर परिवार दोषी रहेकोले कानुन अनुसार कारवाही हुनु पर्ने अधिकारकर्मीहरुको माग छ । अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले आत्म हत्याका घटनाहरुको कारणहरु खोजि आत्म हत्या गर्न बाध्य बनाउनेहरुलाई आत्म हत्या दुरुसाहन मुद्दामा अनुशंधान गरि कानुनी कारवाही गर्नु पर्ने बताउछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu