Connect with us
Kapilvast Forest

प्रदेश सरकार ढाल्न कांग्रेसमा चटारो,माओवादी पर्खर हेरको अवस्थामा

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

रुपन्देही -लुम्विनी प्रदेश सरकार ढाल्न कांग्रेसमा चटारो देखा परेकोछ भने माओवादी केन्द्र पर्खर हेरको अवस्थामा सरकार मै बस्न चाहेको पाइएकोछ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले आफ्नो कित्ता स्पष्ट गर्न माओवादी केन्द्रका सांसदलाई आग्रह गरेवाट यसको पुष्टि भएको हो ।

बुधबारबाट सुरु भएको लुम्बिनी प्रदेश सभाको सातौं अधिवेसनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता कनौडियाले सरकारमा पनि बस्ने र विरोध पनि गर्न नसुहाउने बताउनु भयो । ‘पार्टी फूटीसकेको छ।

अब कित्ताकाट गर्नुस्। आफूलाई स्पष्ट पार्नुस्। दुईटा ढुंगामा खुट्टा राख्न पाइँदैन।’ उहाँले भन्नु भयो ‘मुख्यमन्त्रीलाई फाल्न सक्नुहुन्छ भने फाल्नु्स हामी सहकार्य गर्न तयार छौं ।’कनौडियाले प्रधानमन्त्रीमा कुनै नैतिकता नभएको बताउनु भयो । कठोर जेल बसेको मान्छे प्रजातन्त्र मास्न लाग्नु अनौठो भएको उल्लेख गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj