Connect with us
Kapilvast Forest

बुटवलको सब्जी मण्डी डिजिटल बन्याे

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

 

रूपन्देही– बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजार (मण्डी) लाई डिजिटल बजार घोषणा गरिएको छ । प्रभु बैंक र फोनपे पेमेन्ट सर्भिसको सहकार्यमा सब्जी मण्डीलाई डिजिट बजार घोषणा गरिएको हो ।

 

नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदीप फुयालले मण्डीका सबै व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरे । लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल र कृषि उपज थोक बजार (मण्डी) का अध्यक्ष घनश्याम भुसालले यसले कारोबारलाई अझ सहज बनाउने विश्वास व्यक्त गरे ।

 

कार्यक्रम सञ्चालन प्रभु बैंकका लुम्बिनी प्रदेश प्रमुख सुभाष कुँवरले गरेका थिए । लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजार काठमाडौंपछिको दोस्रो ठूलो बजार हो । यहाँ पूर्वदेखि पश्चिम र भारत, चीनलगायत ठाउँका तरकारी एवं फलफूल ल्याइने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu