Connect with us
Kapilvast Forest

स्वैच्छिक अवकाश लिने शिक्षकलाई ललितपुर महानगरले ३ लाख रुपैयाँसम्म दिने

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

ललितपुर– ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पूरा गरेका र स्वैच्छिक अवकाश लिन चाहने शिक्षकलाई तीन लाख रुपैयाँसम्म दिने जनाएको छ ।

महानगरले विज्ञप्ति जारी गर्दै सेवा अवधिको आधारमा सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले अवकाश पाउने जनाएको हो ।महानगरले उपलब्ध गराएको सेवामा अवकाश लिन इच्छुक शिक्षकले आवश्यक कागजातसहित ३० दिनभित्र महानगरको शिक्षा महाशाखामा निवेदन पेश गर्न सक्ने छन् ।

२०७८ साल साउन पश्चात १ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुले अवकाश लिन चाहेमा महानगरले एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै २०७८ साउनसम्म २ वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार, ३ वर्ष सेवा बाँकीलाई २ लाख, ४ वर्ष सेवा बाँकी रहेकालाई २ लाख ५० हजार र ५ देखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई रु ३ लाख रुपैयाँसम्म सुविधा दिने महानगरले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवकाश लिन चाहने शिक्षकले स्थायी नियुक्ति पत्रको प्रतिलिपि,नागरिकताको प्रतिलिपि र सम्बन्धित शिक्षकको निवेदन पेश गर्नुपर्ने छ ।
प्राप्त निवेदनका आधारमा सुविधा सम्बन्धी थप निर्णय हुने महानगरले जनाएको छ ।

यस्तो छ महानगरद्वारा जारी विज्ञप्ति-

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu