चन्द्रौटामा पशुधन विमा अन्तरक्रिया
कपिलवस्तु-पशुधन विमा अन्तरक्रिया कार्यक्रम आज शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । शिवराज नगरपालिका पशुसेवा शाखाको आयोजनामा शिवराज नगरपालिका भित्र रहेका कृषि पेशा अन्तरगत,बुंगुर पालन,दुग्ध डेरी,गाइभैसि पालन लगायतका पेशा गर्ने कृषक र विमा कम्पनी र पशुसेवा शाखा बिच अन्तरक्रिया सम्पन्न भएको छ ।
अन्तरक्रियामा किशानले पशु बिमा गरे पनि घट्ना पश्चात विमा वापतको रकम नपाएको कृषक बिक्रम बेल्बासेले बताउनु भयो । कतिपय कृषकले पशुविमा गरे पनि सहज ढंगले विमा वापतको रकम पाउन मुस्किल भएको बताएका छन । त्यस्तै जे जे पशुपालनका संचालक प्रकाश बि.क.ले चन्द्रौटामा रहेका कतिपय इन्सुरेन्श कम्पनीले बुंगुरको विमा नगरिदिएको तथा गाइभैसिको विमा वापत चर्को मुल्य लिने बताएको बताएका छन ।
अधिकाशं कृषकले गाइभैसिको लागि आवश्यक पर्ने दाना तथा घाँस महंगो पर्ने तर दुध कम मुल्यमा बिक्रि हुने गरेकाले कृषक मारमा परेको बताएका छन ।
कार्यक्रममा चन्द्रौटामा रहेका सानिमा इन्सुरेन्श,सिद्धार्थ इन्सुरेन्श र कम्पनीका प्रमुख तथा प्रतिनिधिले कृषकको विमा गर्न सहज ढंगले गर्ने समेत प्रतिबद्धता गरेका छन ।
शिवराज नगरपालिका पशुसेवा शाखाका प्रमुख राम प्रसाद अधिकारीले कृषकले पशुविमा गर्दा हुने फाइदा तथा पशु विमा गर्दा देखिएका समस्या र विमा गर्दा अपनाउनु पर्ने प्रक्रिया,पशु विमालाई प्रभावकारी बनाउन र कृषकलाई जोखिमबाट मुक्त गर्नका लागि कस्तो अवस्थामा विमा केलेम गर्न पाउने लगायतका विषय वारे स्पस्ट पार्ने उद्धेश्यका साथ कार्यक्रम तय गरिएको बताउनु भएको छ ।
कार्यक्रममा शिवराज नगरपालिका कृषि समितिका संयोजक जगत बहादुर जिसिले पशुपालन गर्ने कृषकलाई विमाले मात्र सुरक्षा दिन सक्ने भएकाले पशु विमा कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । जिसिले सरकारले कृषकलाई उत्पालनमा आधारित अनुदान दिनु पर्ने समेत बताउन भयो ।
त्यस्तै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले कृषकका पिरमर्का बुझन आफु नगरभित्रका सबै कृषकका गोठमा पुगेको बताउनु भएको छ । नगर प्रमुख अधिकारीले नगरपालिकाले सानो तिनो भए पनि कृषकलाई सहयोगगेको मेत बताउनु भयो ।
शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आथित्यतामा शिवराज नगरपालिका आर्थीक विकास समिति संयोजक सफिक अहमद मुस्लमानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पशुसेवा शाखाका प्रमुख राम प्रसाद अधिकारीले गर्नु भएको थियो ।
