Connect with us
Kapilvast Forest

नयाँ पार्टी खोल्ने तयारीमा माधव नेपाल

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुग्नु भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल(नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो।

यसका लागि नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिनु भएको छ ।

यसैबीच नेता नेपालले बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गर्नु भयो । कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गर्नु भयो ।

कार्यक्रममा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्नसमेत सुझाउनु भयो ।

यसको तयारी स्वरूप खनाल(नेपाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ। नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन्।

जस अनुसार कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन हुनु भएको छ ।

यसअघि यो समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।

यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन्।

यस्तै प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा पनि समानान्तर जिल्ला कमिटी बनिसकेका छन्। यसरी नेपाल नेतृत्वको नेकपा एमालेले अब ७७ वटै जिल्लामा कमिटी बनाएर काम थाल्ने भएको छ।

जिल्ला र प्रदेशमा मात्र नभएर खनाल–नेपाल समूहले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनाउन सुरू गरिसकेको छ। काठमाडौंमा चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले विद्यार्थी, महिला, युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनाइसकेको छ।

यसअघि बुधबार मात्रै नेता नेपालले आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताउनु भएको थियो ।

‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि,’ उहाँले भन्नु भएको थियो ।

यसबाट पनि अब नेता नेपालले चाँडै पार्टी खोल्ने निश्चित भएको छ।नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताउनु भएको होउहाँले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्‍याउन नदिने संकल्प समेत गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu