Connect with us
Kapilvast Forest

जसपालाई फकाउँदै ओली, अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राख्नु भएको छ । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो। जसपा नेता एवं कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ। अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ’, कर्णले भन्नु भयो ‘कुरा सकारात्मक छ।’

माग सम्बोधन गर्ने विषयमा निर्णायक तहमा छलफल गर्न सरकार र जसपाका शीर्ष नेताहरूबीच चाँडै बैठक बस्ने कर्णले बताए। आफूहरूले राखेका माग माग पूरा गर्ने प्रतिबद्धता सरकारले गरेको जानकारी उहाँले दिनु भयो ।

जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताउनु भयो । उहाँले भन्नु भयो , ‘जसले माग पूरा गर्छ, हामीले त्यसैलाई समर्थन गर्छौं।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेका माग पूरा गर्नेबारेमा प्रधानमन्त्री ओलीले पनि पनि पटकपटक शीर्ष नेताहरूसँग कुराकानी गर्नु भएको छ ।

कार्यदलका अर्का एक सदस्यका अनुसार जसपाका माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। कार्यदलमा सरकारकातर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहनु भएको छ । जसपाले सत्ता समीकरण गर्नुअघि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जेलमा रहेका रेशम चौधरी (निलम्बित सांसद) लाई थुनामुक्त गर्नुपर्र्ने, मधेस आन्दोलनका क्रममा नेता–कार्यकर्तालाई लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ।

जसपाको समर्थनमा ओली सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ सत्ता समीकरण बनाउन चाहन्छन्। यसका लागि दुवै नेताले अलगअलग प्रस्ताव जसपासँग राखेका छन्।

दुवैतिरबाट यस्तो प्रस्ताव आएपछि जसपाका शीर्ष नेताहरू मात्र होइन, दोस्रो तहका नेता पनि दुई कित्तामा बाँडिएका छन्। बाबुराम भट्टराई, उपेन्द्र यादव र उनीहरू निकट नेताहरू माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिनु भएको छ ।

सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसका नेताहरूले पनि जसपासँग भेटघाट र कुराकानी जारी छ । माओवादी केन्द्रसँगको कुराकानीमा धेरैजसो जसपाका संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुने गरेका छन्। ओलीसँगको कुराकानीमा जसपाका अर्का अध्यक्ष ठाकुर र नेता महतो सहभागी हुने गर्नु भएको छ । महतो निकटका नेताहरूले जसले माग पूरा गर्छ, उसैलाई समर्थन गर्ने बताउँदै आउनु भएको छ । नागिरक

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu