दाङमा यात्रुबाहक बस दुर्घटना, दुईजनाको मृत्यु
दाङ -दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही(घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको डीएसपी मुकुन्द रिजालले बताउनु भयो ।
उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको डीएसपी रिजालले बताउनु भयो ।
घाइतेहरुको लमहीकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।