Connect with us
Kapilvast Forest

ओलीविरुद्ध अवहेलना मुद्दामा जाने माधव समूहको तयारी

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा लिएर सर्वाेच्च जाने तयारी गरेको छ ।

अदालतको फागुन २३ को फैसला कार्यान्वयन नगरेको भन्दै अध्यक्ष ओलीविरुद्ध अवहेलना मुद्दा लिएर सर्वाेच्च जानेबारे माधव समूहमा छलफल भएको हो ।

नेकपा नाम विवादमा फैसला गर्दै सर्वाेच्चले माओवादी केन्द्र र एमालेबीचको एकता बदर गरी पूर्ववत अवस्थामा फर्काएको थियो । तर अदालतको आदेशपछि पूर्ववत अवस्थामा पार्टीलाई फर्काउनुको साटो मनलाग्दी निर्णयहरु गरिएपछि माधव समूह ओलीसँग असन्तुष्ट छ ।

अदालतको फैसलालाई ओलीले नमानेकाले अवहेलना मुद्दामा जानेबारे माधव समूहको आजको स्थायी कमिटि बैठकमा पनि छलफल भएको हो । उक्त छलफलमा अवहेलना मुद्दामा जानेबारे छलफल भए पनि कहिले जाने भन्नेबारेमा टुंगो नलागेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

नेकपा एकता भंग हुने सर्वाेच्चको फैसला पुनरावलोकनका लागि अदालतले अनुमति नदिएका बेला उक्त फैसला कार्यान्वयन नभएको भन्दै माधव समूहले अवहेलना मुद्दा दायर गर्ने तयारी गरेको हो ।

यता फैसला पुनरावलोकनका लागि अनुमति नदिएपछि निराश बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरु सेटिङमा चल्न थालेको गम्भीर आरोप लगाउनुभएको छ ।

अदालतले एकता बदरको फैसला पुनरावलोकनको अनुमति नदिएको भोलिपल्ट प्रचण्डले नियम कानुनले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्वनाकोे सामना गर्नुपर्ने विचित्रको स्थितिमा अहिले नेपाली जनता रहेको टिप्पणी गर्नुभयो ।

अदालत र प्रधानमन्त्री ओलीप्रति लक्षित हुँदै प्रचण्डले नेपाल राष्ट्र र नेपाली जनताको अधिकारकाविरुद्ध सेटिङले काम गरिरहेको बताउनुभयो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले अवैध बाटोबाट प्रधानमन्त्री बन्न कुदेर असफल भएकाहरुले अहिले प्रतिगमनको नारा लगाइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले प्रतिगमनको परिभाषा समेत राम्रोसँग नबुझी अनावश्यक स्यालहुइया फैलाइएको आरोप लगाउनुभयो ।

मेलम्ची खानेपानीको उद्घाटन समारोहमा प्रचण्डप्रति निशाना लगाउँदै प्रधानमन्त्री ओलीले कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संविधान मासियो, गणतन्त्र खतरामा प¥यो भन्दै हल्ला फिजाइएको आरोप लगाउनुभयो ।

संसद विघटनको निर्णय अदालतले बदर गरेपछि केपी ओली सरकार ढाल्न दलहरुबीच चलेको कसरतले सार्थकता पाउन सकेको छैन ।

सत्तारुढ एमाले र प्रमुख विपक्षी नेपाली कांग्रेसको संस्थापन पक्ष संविधान बमोजिम प्रक्रिया पु¥याएर मध्यावधि निर्वाचनमा जाने मनस्थितिमा देखिन्छन् ।तर कांग्रेसको पौडेल समूह प्रधानमन्त्री बन्न सभापति देउवा तयार नभए अरु नेतालाई अघि सारेर भए पनि ओली सरकार ढाल्नुपर्ने अडानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu