मेरो राजीनामाको समाचार छाप्ने अखबारले मेलम्चीको पानी आएको थाहा पाउँदैन:ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताउनुभएको छ ।
शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै समर्थन फिर्ता लिए राजीनामा आउने बताउनुभएको हो ।
ओलीले ‘पहिले समर्थन फिर्ता लेऊ, राजीनामा आइहाल्छ नि’ भन्नुभयो ।प्रधानमन्त्री केपी ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताउनुएको थियो ।
‘मेरो राजीनामा दिनैपिच्छे एक(एक वटाले मागेका हुन्छन्, त्यो अखबारले समाचार छाप्छ,’ उहाँले भन्नुभयो , ‘मेलम्चीको पानी आएको थाहा पाउँदैन।’ओलीले त्यो अखबारले मेलम्चीको पानी आएको समाचार नदिएको तर आफ्नो राजीनामा मागेको समाचार दिएको बताउनुभयो ।‘मेरो राजीनामा आज मागेको हो ररु मागेको माग्यै छ त। माग्दैपिच्छे म कसरी दिन सक्छु भनेकोरु,’ ओलीले भन्नुभयो ।